Breaking News
आदर्श बिद्या मन्दिर एसइइ जिल्ला प्रथमलाई सम्मान तथा दशै कार्यक्रम सम्पन्न    ||     बनेपाका मेयरले राखेनन् कार्यपालिका बैठक :बहुमत कार्यपालिका सदस्यहरुले बुझाए ज्ञापनपत्र    ||     झिगु सहकारी सुखदुःख को सहयात्री    ||     युएम बचत तथा ऋण सहकारीको सकियो साधारणसभा :अध्यक्षमा लक्ष्मी नारायण श्रेष्ठ निर्वाचित    ||     काभ्रे महोत्सव २०७९ मा आजको आकर्षक लोक गायक बद्री पंगेनी    ||     युएम बचत र गरुण बचत मर्जे हुँदै , सकियो युएमको ११ औं साधारणसभा    ||     वाईवाई चाउचाउ बेचेर १५० सिसिको बाईक पाए राजन कायस्थले    ||     सुरु भयो बनेपामा पाँचौ काभ्रे महोत्सव    ||     आत्महत्या निर्मुल पार्ने काभ्रे प्रहरीको सचेतना कार्यक्रम    ||     काभ्रे ट्राफिकले गर्यौ गाडीहरुको यान्त्रिक परिक्षण तथा चालकको स्वास्थ्य परिक्षण    ||    

९७ बर्षका बुबाले आशिष दिदै भने जित सुनिश्चित छ: अगाडि बढ्नु

  ५ महिना अघि | १६ बैशाख २०७९, शुक्रबार
न्युज काभ्रे संवाददाता

काभ्रे । नगरपालिका वडा नं ३ मा चुनावी प्रचारप्रसार मा सर्वसाधारण हरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा ९७ बर्षको धनेश्वर बजगाईको हातबाट आशिष लिदै रत्नकुश रन्जितकारलाई जितको अग्रिम शुभकामना दिनुभयो ।    सबै वडाको महोल हेर्दा नेकपा एमाले ले सजिलै जित हासिल गर्ने  निश्चित जस्तै भइसकेको छ।

कार्यक्रममा उप मेयर विमला सापकोटा दाहाल लगायतका सदस्य हरुलाई पनि आशिष दिनुभएको थियोे ।

रत्नकुश रञ्जित बनेपामा युवाका आइडल मात्रै हैनन् कुनै पनि पदमा अहिलेसम्म हार्न नजानेका व्यक्ति हुन् । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट मेयरको उम्मेदवारी दिएका रञ्जित आफैमा एउटा ब्रान्ड हुन् । जसले समृद्ध बनेपाको सपनालाई पुरा गराउने एजेण्डा बोकेका छन् ।

 

स्थानीय तहको निर्वाचन २०७४ बाहेक अरू सबै निर्वाचनमा नेपाली काँग्रेसले विजयी हासिल गर्दै आएको बनेपामा यस पटक रत्नकुशको उम्मेदवारीले पुनः बनेपामा एमालेको झण्डा फरफराउने निश्चित प्राय नै छ ।

 

विरासत जोगाउन नेकपा एमालेले बनेपाका युवा व्यवसायी, समाजसेवी र शिक्षा क्षेत्रमा समेत सक्रिय व्यक्तित्व रत्नकुश रञ्जितलाई उम्मेदवार बनाएपछि कहिल्यै हार्न नजानेका रंजितकार जितको उन्मुख छन् ।

 

उम्मेदवार दर्ता गरे सँगै मतदाताको घर दैलो अभियानमा पुगेका उनलाई सबै उमेर समूहका मतदाताले निक्कै रुचाएका छन् । धेरै भन्छन् अरूलाई सहयोग गर्ने समाजसेवी रञ्जितले भ्रष्ट्राचार गर्दैन । सबैलाई समान व्यवहार गर्न रुचाउँछ ।

 

रत्नकुशलाई युवा देखि ज्येष्ठ नागरिकसम्मले शुभकामना सहितको आर्शिवाद दिएका छन् । सबैसँग मिलनसार बनेपाको समृद्धिको सपना उनीबाट मात्रै संभ्भव भएको मतदाताको बुझाई छ । साबिकका गाविस र नगरपालिका बिचको एकीकरणका कारण एमाले बलियो छ । त्यसमाथि युवा मेयरको रुपमा रत्नकुश पाएसँगै मतदान गर्न पाउने दिनको व्यग्र प्रतीक्षामा बनेपामा आम मतदाता छन् । उनीहरू भन्छन् रत्नकुशलाई हार्ने छुट छैन । 

  • न्युज काभ्रे संवाददाता

थप