Breaking News
आदर्श बिद्या मन्दिर एसइइ जिल्ला प्रथमलाई सम्मान तथा दशै कार्यक्रम सम्पन्न    ||     बनेपाका मेयरले राखेनन् कार्यपालिका बैठक :बहुमत कार्यपालिका सदस्यहरुले बुझाए ज्ञापनपत्र    ||     झिगु सहकारी सुखदुःख को सहयात्री    ||     युएम बचत तथा ऋण सहकारीको सकियो साधारणसभा :अध्यक्षमा लक्ष्मी नारायण श्रेष्ठ निर्वाचित    ||     काभ्रे महोत्सव २०७९ मा आजको आकर्षक लोक गायक बद्री पंगेनी    ||     युएम बचत र गरुण बचत मर्जे हुँदै , सकियो युएमको ११ औं साधारणसभा    ||     वाईवाई चाउचाउ बेचेर १५० सिसिको बाईक पाए राजन कायस्थले    ||     सुरु भयो बनेपामा पाँचौ काभ्रे महोत्सव    ||     आत्महत्या निर्मुल पार्ने काभ्रे प्रहरीको सचेतना कार्यक्रम    ||     काभ्रे ट्राफिकले गर्यौ गाडीहरुको यान्त्रिक परिक्षण तथा चालकको स्वास्थ्य परिक्षण    ||    

अफगानिस्तानमा ६.१ रेक्टरको भूकम्प : २५५ जनाको मृत्यु, ५०० बढी घाइते

  ३ महिना अघि | ८ असार २०७९, बुधबार
न्युज काभ्रे संवाददाता

काबुल : अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ, जसका कारण २५५ जनाको मृत्यु भएको छ। यो संख्या अझ बढी हुन सक्ने सञ्चार माध्यमहरुमा उल्लेख छ। 

भूकम्प मापन यन्त्रले ६.१ रेक्टर स्केलको भूकम्प मापन गरेको थियो। सो भूकम्पले धेरै नोक्सान हुने अनुमान गरिएको छ। अफगान अधिकारीहरूका अनुसार भूकम्पका कारण धेरै घरहरू भत्किएका छन् र भग्नावशेषले थिचिएर कम्तीमा २५५ जनाको मृत्यु भएको छ।


हाल उद्धार कार्य सुरु गरिएको र मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ। गत वर्ष मात्र दुई दशक लामो युद्धबाट अफगानस्तान मुक्त भएको थियो। अधिकारीहरु यसलाई अफगानिस्तानको दोस्रो ठूलो संकट भएको बताउँछन्। 


अफगानिस्तानको सरकारी समाचार एजेन्सी बख्तरले २५५ जनाको मृत्यु भएको जनाएको छ। घटनास्थलमा हेलिकप्टर पठाइएको र उद्धार कार्य सुरु गरिएको उल्लेख गरेको छ।


समाचार एजेन्सीका निर्देशक अब्दुल वाहिद रायनले ट्वीटरमा लेखेका छन्, 'पटिकामा करिब ९० घर ध्वस्त भएको छ। यी घरको भग्नावशेषमुनि दर्जनौं मानिस फसेको आशंका गरिएको छ।ु


सामाजिक सञ्जालमा शेयर भइरहेका मानिसलाई हेलिकप्टरबाट उद्धार गरिएको देख्न सकिन्छ। तालिबान सरकारका उपप्रवक्ता बिलाल करीमीले भने, ' भूकम्पले पक्तिका प्रान्तका चार जिल्लालाई प्रभावित पारेको छ। यस प्रकोपमा देशका सयौं मानिसको ज्यान जाने र घाइते हुने अनुमान गरिएको छ। यस प्रकोपका कारण दर्जनौं घर ध्वस्त भएका छन्।'


उनले सबै निकायलाई विपद् प्रभावित क्षेत्रमा तुरुन्तै टोली पठाएर पीडितलाई सहयोग गर्न आग्रह गरेको बताए। भूकम्पको धक्का छिमेकी राष्ट्र पाकिस्तानको राजधानी इस्लामावादलगायत धेरै सहरमा महसुस गरिएको छ। युरोपेली एजेन्सी ईएमएससीका अनुसार यो भूकम्प ५०० किलोमिटरको दायराभित्र महसुस गरिएको थियो। यसमा भारतका केही भागहरू पनि समावेश छन्। एजेन्सी


  • न्युज काभ्रे संवाददाता

थप