Breaking News
गरिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा सम्पन्न    ||     काभ्रे जिल्लामा अहिलेसम्मकै उत्कृष्ट सुरक्षा :आम जनमानसमा खुसि, दुर्घटनामा पनि कमि    ||     गठबन्धन सँग मंसिर ४ मा भिड्न तयार भए एमाले काभ्रेका उम्मेदवार :गठबन्धन अन्योलमा    ||     काभ्रे महोत्सवको आज एघारौं दिन चर्चित गायक दुर्गेश थापा बनेपा आउने    ||     आदर्श बिद्या मन्दिर एसइइ जिल्ला प्रथमलाई सम्मान तथा दशै कार्यक्रम सम्पन्न    ||     बनेपाका मेयरले राखेनन् कार्यपालिका बैठक :बहुमत कार्यपालिका सदस्यहरुले बुझाए ज्ञापनपत्र    ||     झिगु सहकारी सुखदुःख को सहयात्री    ||     युएम बचत तथा ऋण सहकारीको सकियो साधारणसभा :अध्यक्षमा लक्ष्मी नारायण श्रेष्ठ निर्वाचित    ||     काभ्रे महोत्सव २०७९ मा आजको आकर्षक लोक गायक बद्री पंगेनी    ||     युएम बचत र गरुण बचत मर्जे हुँदै , सकियो युएमको ११ औं साधारणसभा    ||    

आदर्श बिद्या मन्दिर एसइइ जिल्ला प्रथमलाई सम्मान तथा दशै कार्यक्रम सम्पन्न

  २ महिना अघि | १० असोज २०७९, सोमवार
न्युज काभ्रे संवाददाता

बनेपा – आदर्श बिद्या मन्दिर बनेपाको दशै बिषेश कार्यक्रम र कक्षा ११ मा नयाँ भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत कार्यक्रम बनेपामा सम्पन्न भएको छ । आईतबार बिद्यालयको ब्यवस्थापन समितिको अध्यक्ष प्रल्हाद काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य तथा उत्प्रेरणा विज्ञ डा तारा प्रसाद गिरिको प्रमुख अतिथ्यमा कार्यक्रम भएको थियो । प्रमुख अथिति गिरिले कार्यक्रममा आफ्नो प्रस्तुती प्रस्तुत गर्नु भएको थियो । २०७८ को एसइइ परिक्षमा काभ्रे जिल्ला प्रथम हुने बिद्यालयको छात्रा भूमिका केसी लार्ई बिद्यालयको तर्फबाट सम्मान गरिएको थियो । कार्यक्रममा सार्वजानिक क्षैशिक गुठी बिद्यालय संघको केन्द्रिय सचिब सरोज न्यौपाने, आर्दश बिद्या मन्दिर बिद्यालयको प्रिन्सिपल रामप्रसाद तिमल्सिना लगायतले मन्तब्य राख्नु भएको थियो । दशै बिषेश भएको कल्चर कार्यक्रममा कक्षा ११ र १२ का बिद्यार्थीहरुले बिभिन्न साँस्कृतिक प्रस्तुत गरिएको थियो । आईतबार भएका कार्यक्रममा आर्दश बिद्या मन्दिर बिद्यालयमा कक्षा ११ मा बिभिन्न संकायहरुमा नयाँ भर्ना भएको बिद्यार्थीहरुलाई स्वागत तथा बिद्यालयको ब्याज बितरण गरिएको थियो । बिद्यायलको शिक्षक सुमन तिमल्सिनाले संचालन गरिएको बिद्यार्थीहरुलाई स्वागत तथा सम्मान कार्यक्रममा कक्षा १२ बिज्ञान समूहमा अध्ययनरत छात्रा प्रतिक्षा शर्माले स्वागत मन्तब्य राखेकि थिइन् ।

  • न्युज काभ्रे संवाददाता

थप