Breaking News
गरिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा सम्पन्न    ||     काभ्रे जिल्लामा अहिलेसम्मकै उत्कृष्ट सुरक्षा :आम जनमानसमा खुसि, दुर्घटनामा पनि कमि    ||     गठबन्धन सँग मंसिर ४ मा भिड्न तयार भए एमाले काभ्रेका उम्मेदवार :गठबन्धन अन्योलमा    ||     काभ्रे महोत्सवको आज एघारौं दिन चर्चित गायक दुर्गेश थापा बनेपा आउने    ||     आदर्श बिद्या मन्दिर एसइइ जिल्ला प्रथमलाई सम्मान तथा दशै कार्यक्रम सम्पन्न    ||     बनेपाका मेयरले राखेनन् कार्यपालिका बैठक :बहुमत कार्यपालिका सदस्यहरुले बुझाए ज्ञापनपत्र    ||     झिगु सहकारी सुखदुःख को सहयात्री    ||     युएम बचत तथा ऋण सहकारीको सकियो साधारणसभा :अध्यक्षमा लक्ष्मी नारायण श्रेष्ठ निर्वाचित    ||     काभ्रे महोत्सव २०७९ मा आजको आकर्षक लोक गायक बद्री पंगेनी    ||     युएम बचत र गरुण बचत मर्जे हुँदै , सकियो युएमको ११ औं साधारणसभा    ||    

बनेपाका मेयरले राखेनन् कार्यपालिका बैठक :बहुमत कार्यपालिका सदस्यहरुले बुझाए ज्ञापनपत्र

  २ महिना अघि | ९ असोज २०७९, आइतवार
न्युज काभ्रे संवाददाता

बनेपा–बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले कार्यपालिका बैठक बोलाउन अटेर गरेपछि बहुमत सदस्यहरुले तत्काल कार्यपालिकाको बैठक बोलाउन माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । 


कार्यपालिकाका १५ जना सदस्यहरुले आज नगर प्रमुख शाक्यलाई ज्ञापनपत्र बुझाउँदै तत्काल कार्यपालिका बैठक बोलाउन माग गरेका हुन् । करारका कर्मचारीको म्याद थप गर्ने विषयमा भएको विवाद पछि नगर प्रमुख शाक्यले कार्यपालिका बैठक बोलाउन अटेर गर्दै आएका छन् । स्थानीय तहको कार्यपालिका बैठक महिनामा कम्तीमा एकपटक बस्नुपर्ने प्रावधान रहेको छ । तर, नगरसभाले दिएको म्यान्डेटअनुसार कार्यपालिका बैठकमा करारका कर्मचारीको म्याद थप गर्ने एजेण्डा बनाउनुपर्ने डरमा नगर प्रमुख शाक्यले कार्यपालिका नै छल्दै आएका छन् । जसका कारण करारका कर्मचारीको म्याद थप गर्ने या नगर्ने भन्ने निर्णय हुन सकेको छैन भने बजेट ब्रेकडाउनसमेत हुन सकेको छैन ।


आज बहुमत कार्यपालिका सदस्यले बुझाएको ज्ञापनपत्रमा बनेपा नगरपालिकाको बैठक नियमित नहुँदानगर सभाले विनियोजन गरेका योजनाहरुको कार्यान्वयनका लागि सम्झौता हुन नसकेको, वडा स्तरीय लगायत विषयगत योजनाहरुको शिर्षक नछुटिनुका साथै निर्धारण भईसकेको दररेटहरु कार्यपालिकाबाट अनुमोदन नहुनाले विनियोजित योजनाहरुको लगत अनुमान तयार गर्न असहजता हुनुका साथै अन्य विविध विषयहरुको सम्पादन गर्न बैठक नहुनाले राजश्व संकलनमा समेत बाधा अप्ठ्यारा श्रृजना भएको उल्लेख छ । नगरपालिकामा कार्यरत करारका कर्मचारीहरुको म्याद थप सम्बन्धमा २०७९ असार २४ गते सम्पन्न बनेपा नगरपालिकाको १० औं नगरसभाले कार्यपालिकालाई अख्तियारी प्रदान गरेको बिषयमा हाल सम्म कुनै निर्णय नभएकोले श्रावण महिना देखि नियमित रुपमा कामकाज गरिरहेका कर्मचारीहरुले पारिश्रमिक नपाई रहेको पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 


स्थानीय सरकार संचालन ऐन २०७४ परिच्छेद १ दफा १७ बैठक र निर्णय १ ‘बमोजिम कार्यपालिका बैठक कम्तिमा महिनाको एक पटक बस्ने छ’ भन्ने व्यबस्था भएनुसार सो बमोजिम नभएको हुनाले यथासक्य छिटो भन्दा छिटो कार्यपालिकाको बैठक आब्हान गर्न उनीहरुले अनुरोध गरेका छन् । ज्ञापनपत्रको बोधार्थ नगर उपप्रमुख र प्रमुख प्रशाकीय अधिकृतलाई दिइएको छ । 


  • न्युज काभ्रे संवाददाता

थप