Breaking News
आदर्श बिद्या मन्दिर एसइइ जिल्ला प्रथमलाई सम्मान तथा दशै कार्यक्रम सम्पन्न    ||     बनेपाका मेयरले राखेनन् कार्यपालिका बैठक :बहुमत कार्यपालिका सदस्यहरुले बुझाए ज्ञापनपत्र    ||     झिगु सहकारी सुखदुःख को सहयात्री    ||     युएम बचत तथा ऋण सहकारीको सकियो साधारणसभा :अध्यक्षमा लक्ष्मी नारायण श्रेष्ठ निर्वाचित    ||     काभ्रे महोत्सव २०७९ मा आजको आकर्षक लोक गायक बद्री पंगेनी    ||     युएम बचत र गरुण बचत मर्जे हुँदै , सकियो युएमको ११ औं साधारणसभा    ||     वाईवाई चाउचाउ बेचेर १५० सिसिको बाईक पाए राजन कायस्थले    ||     सुरु भयो बनेपामा पाँचौ काभ्रे महोत्सव    ||     आत्महत्या निर्मुल पार्ने काभ्रे प्रहरीको सचेतना कार्यक्रम    ||     काभ्रे ट्राफिकले गर्यौ गाडीहरुको यान्त्रिक परिक्षण तथा चालकको स्वास्थ्य परिक्षण    ||    

आत्महत्या निर्मुल पार्ने काभ्रे प्रहरीको सचेतना कार्यक्रम

  १ हप्ता अघि | २ असोज २०७९, आइतवार
न्युज काभ्रे संवाददाता

काभ्रे   : समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय काभ्रेले आत्महत्या रोकथामका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।


विश्व आत्माहत्या रोकथाम दिवसको अवसरमा आज (आइतबार) ‘आशा जगाऔं, जीवन बचाऔं’भन्ने मूल नारासहित जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा

जिल्ला प्रहरीका कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको प्रमुख आतिथ्यतामा आत्महत्या रोकथामका लागि सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले आत्महत्या रोकथाममा नेपाल प्रहरी विषयमा प्रस्तुतीकरण दिएका थिए । त्यस्तै मनोपरामर्श कर्ता निर्मला काफ्ले, कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा.पुरुषोतम सेढाई, बनेपा नगरपालिकाका उप–प्रमुख बिमला सापकोटा दाहालले आत्महत्या रोकथामको विषयमा मन्तव्य राखेका थिए ।


पछिल्लो समयमा आत्महत्याले विकराल रुप लिने गरेको भन्दै यसको विरुद्धमा सबैलाई सचेत बनाउन कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक जोशीले बताए । आत्महत्याको रोकथामका लागि सबैलाई सचेत बनाउन सरोकारवालाले हातेमालो गर्नुपर्नेमा उनले जोड दिए । बढ्दै गरेको आत्महत्याका घटनालाई निर्मूल पार्न सचेतना फैलाउनु अति आवश्यक रहेको प्रहरी उपरीक्षक जोशीले बताए ।


उक्त कार्यक्रममा विभिन्न सचेतनामूलक पर्चा पम्पेप्ट जिङ्गलहरु सहित बनेपा स्थित पुलबजारबाट र्‍याली निकाली बजार परिक्रमा गरिएको थियो । प्रभातफेरी कार्यक्रममा

काभ्रेपलाञ्चोक जिल्लाका स्थानिय पालिकाहरुका उप–प्रमुख तथा उपाध्यक्ष, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुख तथा प्रतिनिधिहरु, उद्योग वाणिज्य संघका प्रमुख तथा पदाधिकारीहरु, गैर सरकारी महासंघ काभ्रेका अध्यक्ष, बनेपा नगरपालिका भित्र रहेका शिक्षण संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधिहरु, समाजसेवीहरु, विभिन्न क्लब तथा संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु,बनेपा, धुलिखेल नगरपालिकाभित्रका विभिन्न सामुदियिक तथा निजि विद्यालयका विद्यार्थीहरु, काभ्रे जिल्ला स्थित क्रियाशिल संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

  • न्युज काभ्रे संवाददाता

थप