Breaking News
आदर्श बिद्या मन्दिर एसइइ जिल्ला प्रथमलाई सम्मान तथा दशै कार्यक्रम सम्पन्न    ||     बनेपाका मेयरले राखेनन् कार्यपालिका बैठक :बहुमत कार्यपालिका सदस्यहरुले बुझाए ज्ञापनपत्र    ||     झिगु सहकारी सुखदुःख को सहयात्री    ||     युएम बचत तथा ऋण सहकारीको सकियो साधारणसभा :अध्यक्षमा लक्ष्मी नारायण श्रेष्ठ निर्वाचित    ||     काभ्रे महोत्सव २०७९ मा आजको आकर्षक लोक गायक बद्री पंगेनी    ||     युएम बचत र गरुण बचत मर्जे हुँदै , सकियो युएमको ११ औं साधारणसभा    ||     वाईवाई चाउचाउ बेचेर १५० सिसिको बाईक पाए राजन कायस्थले    ||     सुरु भयो बनेपामा पाँचौ काभ्रे महोत्सव    ||     आत्महत्या निर्मुल पार्ने काभ्रे प्रहरीको सचेतना कार्यक्रम    ||     काभ्रे ट्राफिकले गर्यौ गाडीहरुको यान्त्रिक परिक्षण तथा चालकको स्वास्थ्य परिक्षण    ||    

वाईवाई चाउचाउ बेचेर १५० सिसिको बाईक पाए राजन कायस्थले

  १ हप्ता अघि | ४ असोज २०७९, मङ्लबार
न्युज काभ्रे संवाददाता

काभ्रे । वाईवाई थोक विक्रेता उपहार योजना अन्तर्गत विक्री गरेको लक्की ड्र कुपन काभ्रे उद्योग वाणिज्य संघको कार्यालयमा खुलाएको छ । लक्की ड्रमा वाईवाई चाउचाउ विक्री गर्ने आशिष खाद्य स्टोर बनेपाका राजनले १५० सिसि को बाईक पाएका हुन।

काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका चार सय भन्दा धेरै व्यवसायी सहभागी थिए ।


कोभिड १९ को महामारीमा परेका ब्यवसायीहरुलाई उत्साहका साथै राहत प्रदान गर्ने उद्देश्यले २०७८ असोज देखि पौषसम्म विक्री भएका चाउचाउमा उक्त कुपन समावेश गरिएको थियो । थोक विक्रेताहरुले चाउचाउ खरिदमा कुपन प्राप्त गरेका थिए ।


उपहार योजना अन्तर्गत ५० कार्टुन चाउचाउ विक्री गर्ने थोक विक्रेताले एउटा कुपन प्राप्त गरेका थिए भने क्रमशः ३ सय कार्टुन विक्री गर्दा ७ वटा कुपन, ५ सय कार्टुनमा १३ वटा, १ हजार कार्टुनमा २८ वटा, २ हजार कार्टुनमा ६० वटा, ३ हजार कार्टुनमा ९६ वटा कुपन र ४ हजार कार्टुनमा १ सय ३० वटा कुपन प्राप्त गरेका थिए । सोही कुपनहरु जम्मा गरेर सिजी फुड प्रालीले बनेपामा लक्की ड्र मार्फत उपहार पर्ने व्यक्तिहरू सार्वजनिक गरेको हो ।


वाईवाई थोक विक्रेता उपहार योजनामा १ सय ५० सिसीको पल्सर मोटरसाईकल बनेपाको आशिष् खाद्य स्टोरका कुपन नम्बर २१८ का राजन कायस्थले प्राप्त गरेका छन् । त्यस्तै दोस्रो पुरस्कार एलजी लिड ४० इन्चको कलर टिभी दुईजनाले प्राप्त गरेका छन् । १६२९ कुपन नम्वरका रामकृष्ण श्रेष्ठ र कुपन नम्बर १२१५ का लक्ष्मण श्रेष्ठले टिभी प्राप्त गरेका छन् । तेस्रो पुरस्कार रेमन्ड सुट तीनजनाले प्राप्त गरेका छन् ।


रेमन्ड सुट प्राप्त गर्नेहरुमा ३८१४ का शिवनारायण श्रेष्ठ, १२७२ का नारायाणकृष्ण श्रेष्ठ र ३३९१ का गणेश पुरी रहेका छन् । चौथो पुरस्कार २५ जनालाई स्मार्ट वाच र पाँचौ पुरस्कार ५० जनालाई २ पिस कप र हुडी टिसर्ट परेको छ । उपहार एक कार्यक्रमका बीच वितरण गरिने सिजी फुडका राजु केसीले जानकारी दिनु भएको छ ।


कार्यक्रमा काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पसक्षें, महासचिव रवीन्द्र बैदार, सिजी फुडका असिस्टेन्ट जनरल मेनेजर रवि केसी, उद्योगी ब्यवसायीहरुको सहभागिता रहेको थियो ।


  • न्युज काभ्रे संवाददाता

थप