Breaking News
आदर्श बिद्या मन्दिर एसइइ जिल्ला प्रथमलाई सम्मान तथा दशै कार्यक्रम सम्पन्न    ||     बनेपाका मेयरले राखेनन् कार्यपालिका बैठक :बहुमत कार्यपालिका सदस्यहरुले बुझाए ज्ञापनपत्र    ||     झिगु सहकारी सुखदुःख को सहयात्री    ||     युएम बचत तथा ऋण सहकारीको सकियो साधारणसभा :अध्यक्षमा लक्ष्मी नारायण श्रेष्ठ निर्वाचित    ||     काभ्रे महोत्सव २०७९ मा आजको आकर्षक लोक गायक बद्री पंगेनी    ||     युएम बचत र गरुण बचत मर्जे हुँदै , सकियो युएमको ११ औं साधारणसभा    ||     वाईवाई चाउचाउ बेचेर १५० सिसिको बाईक पाए राजन कायस्थले    ||     सुरु भयो बनेपामा पाँचौ काभ्रे महोत्सव    ||     आत्महत्या निर्मुल पार्ने काभ्रे प्रहरीको सचेतना कार्यक्रम    ||     काभ्रे ट्राफिकले गर्यौ गाडीहरुको यान्त्रिक परिक्षण तथा चालकको स्वास्थ्य परिक्षण    ||    

नेपाल रेडक्रस सोसाइटी मंगलटार उपशाखा र ईप्रका मंगलटारको समन्वयमा ४३ जनाले रक्तदान गरे

  २ महिना अघि | १५ साउन २०७९, आइतवार
न्युज काभ्रे संवाददाता

काभ्रे । मंगलटार उपशाखा रहेको नेपाल रेडक्रस सोसाइटीले आयोजना गरेको रक्तदान कार्यक्रमा आज ४३ जनाले रक्तदान गरेका छन्।

रक्तदान कार्यक्रममा महिला ५ जना प्रहरी ९ जना गरि ४३ जनाले रक्तदान गरेका हुन।

रक्तदान कार्यक्रममा रोशि गाउपालिका प्रमुख दिनेश लामा स्वयं उपस्थित  भइ  रक्तदान गर्नुभएको थियो ।

रक्तदान कार्यक्रममा का लागि मंगलटारमा रहेको शुभ मंगलम बहुउद्देश्यीय कृषि पशुपंक्षि फर्म तथा अनुसन्धान केन्द्रले रु दश हजार र स्थानीय जगन्नाथ पौडेलले रु पाच हजार रक्तदान कार्यक्रममा सहयोग गरेका थिए।

कार्यक्रमका मुख्य आयोजक सामाजिक अभियान्ता कृष्ण मुरारी बडालको सक्रियतामा रक्तदान कार्यक्रम सफल भएको रेडक्रस सोसाइटीका शाखा सभापति दामोदर श्रेष्ठले  बताउनुभयो ।

रक्तदान कार्यक्रमलाई समन्वय ईप्रका मंगलटारले गरेको हो । सहकार्य र समन्वय  गरि रक्तदान गरेर रगत अभाव हुन नदिन र  रगतको कमि बाट मान्छेहरुले अकालमा ज्यान गुमाउनु  नपरोस् भनेर रक्तदान कार्यक्रममा समन्वय गरेको ईप्रका मगंलटार प्रमुख हरि बस्नेतले बताउनुभयो ।

रक्तदान कार्यक्रममा प्राविधिक सहयोग जिल्ला रेडक्रस सोसाइटी काभ्रेले गरेको थियो ।

रक्तदान गर्दा शरिर स्वास्थ्य रहने र रक्तदान गर्दा रगतको कमि नहुने र अत्यावश्यक रगतको आवश्यक परेका व्यक्तिलाई रगत दिनको लागि सुलभ हुने रेडक्रस सोसाइटी मंगलटारका शाखा सभापति दामोदर श्रेष्ठले  बताउनुभयो ।

  • न्युज काभ्रे संवाददाता

थप